२०८३ भाद्र ३१ गते बुधवार

नेपालले आयरल्याण्ड वुल्भ्सविरूद्ध पहिल फिल्डिङ गर्ने

काठमाडौं,चैत २१ । आयरल्यान्ड वुभ्ल्स विरुद्धको पहिलो एकदवसीय खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

आयरल्यान्ड टस जितेर ब्याटिङ रोजेसँगै नेपालले पहिलो फिल्डिङ गर्ने भएको हो।

यसअघि तीन खेलको टी-२० सिरिज आयरल्यान्डले २-१ जितेको थियो।

टी(२० विश्वकप २०२४ को तयारीमा अभ्यास खेल अन्तर्गत आजदेखि यी दुई टिमले एकदिवसीय सिरिज खेल्न लागेका हुन्।

सिरिजको दोस्रो खेल चैत २३ र अन्तिम खेल चैत २५ गते हुनेछ।

नेपाल ‘ए’को एकदिवसीय टिमको कप्तानी विनोद भण्डारीले गरेका छन्।

टिममा भण्डारीसँगै अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रन्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन्।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *