२०८२ असार ९ गते मङ्गलवार

त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं ,फागुन १४ । नेपाल क्रिकेट संघले घरेलु मैदानमा मंगलबारदेखि हुने त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ।

क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो।

क्यानले सार्वजनिक गरेको खेलाडिको सूचीमा पौडेल कप्तानमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, गुल्सन झा, अनिल शाह, सन्दीप जोरा, प्रतिश जीसी, विनोद भण्डारी, विवेक यादव, रसिद खान, सागर ढकाल, आरिफ शेख र अभिनाश बोहरा रहेका छन्।

क्यानले विश्वकप छनोट खेलेको टोलीबाट ४ खेलाडी थप्दै टोली घोषणा गरिएको हो।

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग फेब्रुअरी २७ देखि ५ मार्चसम्म टि-२० सिरिज खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *