२०८२ असार ६ गते शनिवार

गंगादेव गाउँपालिकाको दोस्रो राष्ट्रपति रनिङशिल्ड : सिद्वार्थ नमुना माविको पोल्टामा


भुवन केसी, रोल्पा,पुस १६ । रोल्पाको गंगादेव गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नतिजा सिद्धार्थ नमुना माविलाई हातमा परेको छ।

आईतबार सम्पन्न भएका सबै खेलहरुको नतिजा संगै दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १३ स्वर्ण, ११ रजत, ८ कास्य गरि सबै ३२ पदक प्राप्त गरी सिद्धार्थ नमुना मावि दोस्रोपटक पनि शिल्ड जित्ने बिजेता बनेको छ।

सिद्धार्थ नमुना मावि अघिल्लो बर्ष पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिजेता बनेको थियोे ।
यस्तै राष्ट्रिय माबि मेलडारी ओतले ५ स्वर्णपदक, १ रजत ,३ कास्यपदक गरि ९ पदक ल्याएर उपबिजेता बनेको छ ।

त्यसैगरि अन्य विभिन्न विद्यायलहरुले निम्न पदकहरु जित्न सफल भएका छन।जीवन ज्योति मावि देउलटाकुरा रोल्पाले ४ स्वर्ण ,१ रजत ,८ कास्य गरी जम्मा १४ पदक हात परेको छ। गंगा माविले ३ स्वर्ण ,२ रजत,२,कास्य गरि जम्मा ७ पदक जितेको छ।

बुद्धि विकास तथा थप प्राबिधिक मावि राटामाटाले २ स्वर्ण ,५ रजत ,४ कास्य गरि जम्मा ११ पदक ,नेपाल राष्ट्रिय मावी सिमखोलाले ० स्वर्ण ,१ रजत ,० कास्य जम्मा २ पदक ,बिरेन्द्र मावी नाउली ० स्वर्ण ,० रजत ,४ कास्य गरि जम्मा ४ पदक ,सरस्वती मावी मालेखोला ,२ स्वर्ण ,२ रजत ,० कास्य गरि जम्मा ४ पदक ,पृथ्वीनारायण मावि जायाचौर ,१ स्वर्ण ,३ रजत ,२ कास्य गरी जम्मा ६ पदक र सरस्वती मावि बल्लेपोखरी रोल्पाले ० स्वर्ण २ रजत २ कास्य गरि जम्मा ३ पदक हात पारेको छ।

राष्ट्रपति रनिङ शिल्ड यहि पुस ११ गतेदेखि १५ गतेससम्म श्री सिद्धार्थ नमुना मा.वि. घोप्टेओढार गंगादेव-३ को प्राङगनमा संचालन भएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन आज हुने शिक्षा शाखा प्रमुख अंग बहादुर वलीले जानकारी गराए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गंगादेव गाउँपालिका भित्रका माथि उल्लेखित १० विद्यालयहरुको सहभागी रहेको थियो। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), एथलेटिक्सका विभिन्न खेलहरु भएका थिए ।

सहभागी बिद्यालयहरुको सम्पूर्ण प्रतियोगिताको बिस्तृत बिवरण सहितको नतिजा तल प्रस्तुत गरिएको छ।

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *