काठमाण्डौ,पुस १० । नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविका विजेता काठमाण्डौ रेजर्स र ललितपुर सिटी खेल्दैछन् ।
यो खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।
शनिवार भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १–० ले हराउँदै काठमाण्डौ तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो भने पराजित भएको ललितपुर चौथो स्थानमा रहेर प्लेअफमा पुगेको थियो ।
हिजो भएको पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टीमा हराउँदै धनगढी फाइनलमा पुग्यो । अब आजको खेलमा विजयी हुने टोलीसँग पोखराले फाइनलमा पुग्न क्वालिफायर–२ खेल्नेछ ।
क्वालिफायर–२ पर्सि बिहीवार र फाइनल खेल शनिवार हुनेछ ।
प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार