२०८३ भाद्र १३ गते शनिवार

नेपाल सुपर लिग : आज वीरगञ्ज र इलाम खेल्दै


काठमाण्डौ,मंसिर २७ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम खेल्दै छन् । खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ । ४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ ।

यस्तै, वीरगञ्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार ब्यहोरेको छ । वीरगञ्जको मात्र दुई अङ्क छ ।

प्रतियोगितामा हिजो झापा फुटबल क्लबले पहिलो जित निकालेको थियो । झापाले बुटवल लुम्बिनीलाई १–० गोलले हराएको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *