काठमाण्डौ,मंसिर २५ । एसीसी–१९ वर्षमुनिको एसिया कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
दुबईमा बिहान सवा ११ बजे हुने खेलमा घरेलु टोली यूएई र श्रीलङ्का तथा बङ्लादेश र जापान खेल्नेछन् ।
हिजोको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले र भारत पाकिस्तानसँग ८ विकेटले पराजित भएको थियो ।
प्रतियोगितामा भोलि नेपालले भारतसँग खेल्ने छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।
प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार