२०८२ असार ५ गते शुक्रवार

नेपाल सुपर लिग : इलामसँग बराबरी खेलेको धनगढी शीर्ष स्थानमा


काठमाण्डौ,मंसिर २३ । नेपाल सुपर लिग एनएसएलमा आज भएको पहिलो खेलमा धनगढी एफसीले स्पोर्टिङ इलामसँग बराबरी खेलेको छ ।

धनगढीले इलामसँग २–२ को बराबरी खेल्दै अङ्क बाँडेको हो । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको धनगढी शीर्ष स्थानमा फर्किएको छ ।

पोखरा थन्डर्ससँग अङ्क बराबरी गरेको धनगढी बढी गोल गरेको आधारमा शीर्ष स्थानमा उक्लिएको हो ।

यस्तै, आजै हुने अर्को खेलमा काठमाण्डौ रेजर्स फुटबल क्लब र बुटवल लुम्बिनी खेल्दै छन् । यो खेल बेलुका ५ बजे हुनेछ ।

काठमाण्डौ तालिकाको चौथो स्थानमा छ भने बुटवल लुम्बिनी छैटौँ स्थानमा छ । हिजो भएको खेलमा झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *