२०८२ असार ६ गते शनिवार

आज भारत र अष्ट्रेलियाबीचको तेस्रो टी–२० खेल हुँदै

काठमाडौँ,मंसिर १७ । भारत र अष्ट्रेलियाबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज हुँदैछ ।

यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे बैंग्लोरमा शुरु हुनेछ । घरेलु टोली भारतले पाँच खेलको टी–२० शृङ्खला एक खेल अगावै जितिसकेको छ ।

अस्ति भएको चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले हराउँदै शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

भारत शृङ्खलामा ३–१ ले अघि छ । भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो ।

यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *