२०८० फाल्गुन २० गते आइतवार

एसीसी यू-१९ एसिया कपमा सहभागी हुने नेपाली टोलीको घोषणा


काठमाडौं ,मंसिर १२ । आसन्न एसीसी यू-१९ एसिया कपमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार देव खनालको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो ।

टोलीका सदस्यहरुमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसद डुम्रे, हेमन्त धामी, गुल्शनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रांगु थापामगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन् ।

यूएईमा डिसेम्बर ८ देखि हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *