२०७७ कार्तिक ८ गते शनिवार

भेट्रान्स फुटबलको उपाधी एस.एस.एफ लाई


लक्ष्मण बस्नेत,
कोहलपुर, बैशाख २८ । बाकेको कोहलपुरमा संचालित मैत्रीपुर्ण भेट्रान्स फुटबल प्रतियोगिता २०७६ को उपाधी स्कुल स्पोर्ट्स फुटबल एकाडेमि तुलसिपुर ले हात पारेको छ । कोहलपुर स्पोर्ट्स क्लबको आयोजनामा संचालित प्रतियोगिताको सनिवार सम्पन्न खेलमा आयोजक कोहलपुर स्पोर्ट्स क्लबलाई सुन्यका विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै स्कुल स्पोर्ट्सले उपाधी चुमेको हो ।

कोहलपुर १३ बिगाह खेल मैदानमा उल्लेख्य दर्शकका बिच भएको कडा प्रतिस्पर्धात्मक खेलमा शसक्त र शानदार प्रदर्शन गरेको स्कुल स्पोर्ट्स फुटबल एकाडेमिका जर्सी न १७ का खेलाडी भानु बिक्रम राणाले खेलको पहिलो हाफ्को २५ औ मिनेटमा खाता खोल्दै टिमलाई १-० को अग्रता दिलाए । खेलको दोश्रो हाफ्मा उत्कृष्ट लएमा आएको स्कुल स्पोर्ट्सलाई राणाले ५१ औ र ६५ औ मिनेट थप २ गोल गर्दै ह्याटि्रक सहित ३-० को जित निकाल्न सफल भए।

खेल अवधिभर आक्रमक रुपमा प्रस्तुत भएको कोहपुर स्पोर्ट्स क्लबले कुनै गोल गर्न सकेन। खेलको सुरुवाती देखि अन्त्य सम्म गोल गर्ने थुप्रै अवसर पाएको कोहलपुर स्पोर्ट्स क्लबको पोस्ट प्रहार स्कुल स्पोर्ट्सका किप्पर सुधिर गुरुङको उत्कृष्ट किपिङका बिच जाली चुम्न असफल भए ।

प्रतियोगिता कोहलपुर स्पोर्ट्स क्लबका अध्यक्ष कृष्ण गिरिको अध्यक्षता तथा कोहपुर उधोगबाणिज्री संघका अध्यक्ष चक्र बहादुर अधिकारीको प्रमुख आतिथ्य एवं दाङ जिल्ला फुटबल संघ अध्यक्ष सुशील श्रेष्ठ र नेपाल तेक्वान्दो संघ प्रदेश न ५ का अध्यक्ष बिमल रिजालको बिशिस्ट आतिथ्यमा भएको थियो। कार्यक्रमको संचालन क्लबका बालकृष्ण सेन्चुरिले गरेका थिए।

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *