२०८१ फाल्गुन ६ गते मङ्गलवार

चार देशीय महिला टी–२० क्रिकेट शृङ्खला : नेपालले आज जापानसँग खेल्दै

काठमाण्डाै,मंसिर २ । चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले आज जापानसँग खेल्दैछ ।

हङकङमा खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे शुरु हुनेछ ।

नेपालले समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेल खेल्न लागेको हो । पहिलो खेलमा तान्जानियासँग २७ रनले र दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित नेपालको फाइनल खेल्ने सम्भावना यसअघि नै सकिएको छ ।

भोलि नेपालले तेस्रो स्थानको लागि जापानसँग नै खेल्नेछ । हङकङले आयोजना गरेको शृङ्खलामा घरेलु टोलीसहित नेपाल, जापान र तान्जानिया सहभागी छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *