२०८१ माघ १३ गते आइतवार

टी–२० विश्वकप छनोट ःसिङ्गापुरविरुद्ध ओमानले १७४ रन बनायो

काठमाडौँ,कात्तिक १४ । टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत सिङ्गापुरविरुद्ध ओमानले १७४ रन बनाएको छ।

किर्तिपुर क्रिकट मैदनमा विहान ९ बजे देखि सुरुभएको यी दुई बिचको खेलमा सिङ्गापुरले टस जितेर ओमानलाई पहिला व्याटिङ गर्न लगाएको हो।ओमानले पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ६ विकेटको नोक्सानीमा १७४ रन बनाएको हो।

जितको लागि १७५ रन पछ्याएको सिङ्गापुरले ब्याटिङ सुरु गरिसकेको छ।ताजास्थीतीमा सिङ्गापुरले ६ दशमलब २ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको छ।

जारी खेलमा दुवैको यो दोस्रो खेल हो । यस अघि ओमानले हिजो मलेसियालाई ३२ रनले हराएको थियो । सिङ्गापुर भने नेपालसंग ८ विकेटले पराजित भएको थियो।

समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् भने समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन्।

एक एक खेल पछि समूह ए मा नेपाल र ओमानले दुई दुई अंक पाएका छन । त्यसैगरी समूह बी मा हङकङ र युएईले दुई दुई अंक पाएका छन।दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

फाइनलमा पुग्ने टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *