२०८० मङ्सिर १७ गते आइतवार

आईसीसी क्रिकेट विश्वकप : न्युजिल्यान्डले भारतलाई दियाे २ सय ७४ रनकाे लक्ष्य

काठमाण्डाै ,कार्तिक ५ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डले भारतलाई २ सय ७४ रनकाे लक्ष्य दिएकाे छ ।

धर्मशालामा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनायाे ।

न्युजिल्यान्डका ड्यारेल मिचेलले शतक बनाए । उनी १ सय २७ बलमा १ सय ३० रन बनाएर आउट भए । यस्तै रचिन रविन्द्रले ७५ रन जाेडे । बलिङतर्फ भारतका माेहम्मद शमीले ५ विकेट लिए ।

न्युजिल्यान्ड ४ खेलमा ८ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । भारत उति नै खेलमा ८ अङ्कसहित नेट रनरेटका आधारमा दाेस्राे स्थानमा छ ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *