२०८१ फाल्गुन ७ गते बुधवार

त्रिदेशीय टी–२० शृङ्खला ः यूएईले हङकङलाई हरायो

काठमाण्डौ ,कात्तिक ५ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा यूएईले हङकङलाई हराएको छ । आज आइतवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा यूएईले हङकङलाई ६ विकेटले हरायो ।

हङकङले दिएको १ सय ५० रनको लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर भेटायो । यूएईका कप्तान मोहम्मद वसीमले ४० र खालिद शाहले ३७ रन बनाए । बलिङतर्फ हङकङका यासिम मुर्तजाले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ४९ रन बनायो ।

हङकङका बाबर हायातले ६६ र एजाज खानले ४८ रन बनाए । बलिङतर्फ यूएईका जहुर खानले ३ विकेट लिए ।

शृङ्खलाअन्तर्गत भोलि सोमवार नेपाल र यूएईबीच खेल हुनेछ । यो खेलमा विजयी भएमा यूएई फाइनलमा पुग्नेछ । तर नेपालसँग पराजित भएमा यूएई पर्सि बुधवार हङकङसँगको खेलमा विजयी हुनुपर्नेछ ।

यदि हङकङसँग पराजित भएमा भने नेट रनरेटमा भर पर्नेछ । फाइनल खेल शुक्रवार हुनेछ । नेपाल यसअघि नै फाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *