काठमाडौँ ,कार्तिक १। नेपालले आज त्रिकोणात्मक टी- २० सिरिज अन्तर्गत पहिलो खेलमा युएईको सामना गर्दै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा अपराह्न १ बजेदेखि सुरु हुँदैछ ।
टी-२० विश्वकप छनौट अघि हुन लागेको यस त्रिकोणात्मक सिरिजलाई सो को तयारी खेलको रूपमा पनि हेरिएको छ ।
यस सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा छ । त्रिकोणात्मक टी-२० सिरिजबाट सन्दीप लामिछानेले भने यसअघि नै नाम फिर्ता लिएकाले उनी भने यस सिरिजमा खेल्ने छैनन् ।
टिममा यसअघि एशियन गेम्स गुमाएका ललित राजवंशीले पुनरागमन गरेका छन् भने लोकेस बम, सूर्य तामाङले स्थान पाएका छन् ।
यो सिरिज कार्तिक १ गते अर्थात् अक्टोबर १८ देखि सुरु हुने छ । कार्तिक १ गते नेपाल र युएईबीच खेल हुने छ भने कार्तिक २ गते नेपाल र हङकङबीच खेल हुने छ ।
त्यस्तै कार्तिक ४ गते नेपाल र हङकङबीच खेल हुने छ भने कार्तिक ५ गते युएई र हङकङबीच खेल हुने छ । त्यसैगरी कार्तिक ६ गते नेपाल र युएईबीच तथा कार्तिक ८ गते हङकङ र युएईबीच खेल हुने छ । अंक तालिकामा शीर्ष दुई स्थानमा रहने देशबीच कार्तिक १० गते फाइनल खेल हुने छ ।
यस सिरिजका फाइनल बाहेक सबै खेल मुलपानी क्रिकेट मैदानमा हुने छन् ।