२०८१ फाल्गुन ७ गते बुधवार

एसीसी यू–१९ प्रिमियर कप ः नेपालले बहराइनविरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ,असोज २८ । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनसँग खेल्दैछ ।

समूह ए मा रहेका नेपाल र बहराइनको खेल मलेसियाको बायुमास ओभलमा जारी छ । बहराइनले टस जितेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।

नेपालले यसअघि समूहको पहिलो खेलमा इरानलाई पराजित गरेको थियो । बहराइन भने पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो । साउदी अरेबिया र इरानबीचको खेल पनि आजै छ ।

नेपालले समूहको अन्तिम खेल आगामी बुधबार साउदी अरेबियासँग खेल्नेछ । १६ टोली सहभागी प्रतियोगिताबाट शीर्ष तीन टोली यू(१९ एसिया कपका लागि छनोट हुनेछ ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *