२०८१ फाल्गुन २ गते शुक्रवार

विश्वकप क्रिकेट ः अफगानिस्तानले दियो बङ्गलादेशलाई १५७ रनको लक्ष्य

काठमाडौँ ,असोज २० । भारतमा भइरहेको आईसीसी विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ ।

भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा टस हारेपछि अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ३७.२ ओभरमा सवै विकेट गुमाएर एक सय ५६ रन बनायो । अफगानिस्तानका लागि ओपनर रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए ।

यस्तै इब्राहिम जरदानले २२ रन, अजमातुल्लाह ओमाराजीले २२, रहमत शाहले १८ तथा कप्तान हसमतुल्लाह शाहिदीले १८ रन बनाए ।

बङ्गलादेशका बलर शकिब उल हसन र मेहदी हसनले समान ३(३ विकेट लिए । अहिले बङ्गलादेशले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *