२०८१ मङ्सिर १७ गते सोमवार

१९ औं एसियाली खेलकुद : कबड्डीमा नेपाललाई कास्य पदक

काठमाडौं ,असोज १९ । नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुदमा एउटा कास्य पदक हात पारेको छ।

आज बिहान भएको खेलमा नेपाली महिला कबड्डीको टोली सेमिफाइनलमा भारतसँग पराजित हुँदै कास्य पदक जितेको हो। नेपाल भारतसँग ६१-१७ ले पराजित भएको हो।

खेलको नियमअनुसार कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान रहेको हुँदा नेपालले कास्य पदक जितेको हो।

नेपालले आफ्मो समूह चरणको खेलमा बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। नेपालले हालसम्म एसियायी खेलकुदमा कबड्डीमा मात्र एक पदक जित्न सफल भएको छ।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *