२०८० असोज १५ गते सोमवार

खसी कपको बिजेता बन्यो राप्ती किङ


लक्ष्मण बस्नेत,तुलसीपुर,भदौ ३० । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर फेलोसिप खसी कप भलिबलको बिजेता बनेको छ ।

फेलोसिप लाहुरे ट्रेनिङ सेन्टर तुलसीपुर ५ ले आयोजना गरेको प्रतियोगिताको शनिवार सम्पन्न फाईनल खेलमा हेलो मोबाईल सेन्टर तुलसिपुर लाई २६-२८,२१-२५, २५-२१,२५-१७ र १५-११ अर्थात ३-१ को सेटमा पराजित गर्दै राप्ती किङ बिजेता बनेको हो ।

राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर ६ को खेल मैदानमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलमा बिजेता बनेको राप्ती किङले २५ हजार बराबरको खसी तथा मेडल पुरस्कार हात पार्दा हेलो मोबाईल उपबिजेतामा सिमित रहदै मात्र मेडलमा चित्त बुझाउन बाध्य भएको आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु ऎरिले जानकारी दिए ।

भदौ २८ गते देखि सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

यसैबिच बिजेता टिम तथा खेलाडीलाई आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु ऎरि,दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत,तेक्वान्दोका अन्तराष्ट्रीय खेलाडी मोहन सुनार, भलिबलका राष्ट्रिय रेफ्री तथा FIVBA का लेवन वान कोच द्रोण चन्द लगाएतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमको संचालन अनलाइन टिभी पत्रकार संघ दाङका अध्यक्ष एचआर मगरले गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *