काठमाण्डौ ,भदौ १९ । मैत्रीपूर्ण फुटबलमा लागि नेपाली राष्ट्रिय फुटबल टोली म्यानमार पुगेको छ ।
नेपाली टोली आज मङ्गलवार दिउँसो म्यानमार पुगेको हो ।
नेपालले ‘फिफा विन्डो’अन्तर्गत म्यानमारको याङ्गुनमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ ।
यो शृङ्खलाका लागि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले अस्ति आइतवार २३ सदस्यीय टोली घोषणा गरेका थिए ।
प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार