२०८२ माघ ३ गते शनिवार

टी-ट्वान्टी सिरिजः हङकङले दियो नेपाललाई ८५ रनको लक्ष्य

काठमाडौँ,भदौ ५ । मलेसियामा आजबाट सुरु भएको चारदेशिय टी-ट्वान्टी सिरिजअन्तर्गत हङकङले नेपाललाई ८५ रनको लक्ष्य दिएको छ ।

बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८४ रन जोड्यो ।

हङकङका लागि का यिङ्ग चानले सर्वाधिक ३४ रन तथा सिङ यान डोरोथिया चानले १६ रनको योगदान गरे ।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ५ विकेट हात पारिन् । इन्दु बर्माले २ विकेट लिइन् ।

कविता कुँवर, पुजा महतो र रुविना क्षेत्री एक-एक विकेट हात पारे ।

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *