काठमाडौं,साउन १६ । नेपाली महिला क्रिकेट टिमले टी–२० विश्वकप एसियन क्षेत्र छनोटका लागि नेपाल क्रिकेट संघ ९क्यान०ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
नेपाली महिला टिमकी पहिलो ब्याचकी खेलाडी तथा पूर्व कप्तान नेरी थापाले पनि पुनरागमन गरेकी छिन् ।
मलेसियामा हुने टी–२० विश्वकप एसियन क्षेत्रको छनोटका लागि अगष्ट २८ देखि सेप्टेम्बर ९ (भदौ ११ देखि २३) गतेबाट प्रतियोगिता सुरु हुँदैछ ।
नेपाली महिला टिमले समूह ‘ए’ मा रहेर बहराइन, भुटान, मलेसिया, कतार र यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै, समूह ‘बी’मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् ।
प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार