२०८१ बैशाख ८ गते शनिवार

फुटबलमा प्रदेश तीनको दोस्रो जीत


दाङ, बैशाख ६ । आठौं राष्ट्रिय खेलकूद अन्र्तगत महिला फुटबलमा प्रदेश तीनले दोस्रो जीत दर्ता गरेको छ । शुक्रबार वेलझुण्डी रंगशालामा प्रदेश २ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो । प्रदेश तीनको जीतमा पार्वती घलेले २ तथा मनिषा थापा मगरले एक गोल गरेकी थिइन् । प्रदेश २ की निकिता ठोकरले सान्त्वना गोल गरिन् ।

यसअघि शुक्रबार विहान भएको पहिलो खेलमा नेपाल पुलिस क्लव विजयी भयो । भरतपुर मैदानमा भएको खेलमा प्रदेश ५ लाई ६–० गोलले पुलिसले पराजित गरेको थियो । पुलिसकी निरु थापाले ह्याट्रिक गरिन् । उनले पहिलो हाफको नवौं तथा दोस्रो हाफको ५८ औं ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।

अमृता जैशीले ७३ औं र ७४ औं मिनेटमा लगातार दुई गोल गरिन् । पुलिसकी निर्मला बिकले २४ औं मिनेटमा एक गोल गरिन् ।

प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *