२०८२ माघ १० गते शनिवार

नेपालले भारत ‘ए’ सँगको खेलमा टस जित्यो

काठमाडौँ ,साउन १ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’ सँगको खेलमा टस जितेको छ ।

श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

प्रतियोगितामा नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा पर्सि बुधवार यूएईको ‘ए’टोलीसँग खेल्नेछ । नेपाल समूह ‘बी’मा छ ।

त्यस्तै समूह ‘ए’मा श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *