२०८२ माघ ३ गते शनिवार

भलिबलका राष्ट्रिय कप्तान थापा बर्खास्त

काठमाडौँ,असार ३१ । भलिबल नेपाली राष्ट्रिय टिमका कप्तान हरिहजुर थापा बर्खास्त भएका छन् । नेपाल भलिबल संघले उनलाई बर्खास्त गरेको हो ।

शनिबार सम्पन्न सातौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा उनको भूमिका सन्तोषजनक नभएको भन्दै संघले उनलाई कप्तानबाट बर्खास्त गरेको हो ।

उनी आर्मी क्लबका खेलाडी पनि हुन् । आर्मी र गण्डकीबीचको खेलमा सोमबार विवादसमेत भएको थियो । आर्मीका खेलाडीले दर्शकमाथि हातपात गरेका थिए ।

दर्शकमाथि भएको कुटपिट घटनाको छानबिन गर्न गठित समितिको सिफारिसमा थापालाई कप्तानबाट हटाइएको संघले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *