२०८२ माघ ४ गते आइतवार

सन्दीप र दिपेन्द्र इमर्जिङ टिम्स एसिया कपको टोलीमा नरहने

काठमाडौं ,असार २२ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र अलराउण्डर दिपेन्द्र सिंह ऐरी एसीसी इमर्जिङ टिम्स एसिया कपको टोलीमा नरहने भएका छन्।

सन्दीप र दिपेन्द्र आगामी जुलाई २० देखि क्यानाडामा हुने ग्लोबल टी२० मा सहभागी हुने भएपछि एसिया कप नखेल्ने भएका हुन्।

एसिया कप आगामी जुलाई २३ देखि २० गतेसम्म श्रीलंकामा हुँदैछ। बलात्कारको आरोप लागेपछि सन्दीपले पहिलो पटक फ्रेन्चाइज लिग खेल्न लागेका हुन्।

सन्दीपलाई गत भदौमा बलात्कारको आरोप लागेको थियो। सन्दीपलाई सर्रे जगुआरले किनेको थियो।

यता आफ्नो खेल करिअरमा पहिलो फेन्चाइज लिग खेल्न लागेका दिपेन्द्रलाई मोन्ट्रियल टाइगर्सले किनेको हो।

ग्लोबल टी२० क्यानडा आगमी जुलाई २० देखि अगष्ट ६ सम्म हुनेछ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *