२०८२ माघ १० गते शनिवार

नेपालले प्राप्त ग¥यो साफ च्याम्पियनसिप फुटबलमा ‘फेयर प्ले’अवार्ड

काठमाडौँ ,असार २० । नेपालले साफ च्याम्पियनसिप फुटबलमा ‘फेयर प्ले’ अवार्ड प्राप्त गरेको छ । साफ च्याम्पियनसिपको गएराति भएको समापन समारोहमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड प्रदान गरिएको हो ।

साविक उपविजेता नेपाल यो प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो । नेपाल समूह चरणमा कुवेतसँग ३–१ र भारतसँग २–० गोलले पराजित भएको थियो ।

समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० ले हराएको थियो । आमन्त्रित टोली कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

भारतीय टोलीका कप्तान सुनिल क्षेत्री साफ च्याम्पियनसिपमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका छन् ।

उनी १४ औँ संस्करणको साफ च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा सुनिलले ५ गोल गरेका थिए ।

प्रकाशित मिति : २०८० असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *