काठमाडौंँ,असार १७ । जिम्बाब्बेमा जारी आईसीसी विश्वकप छनोट-२०२३ को प्लेअफमा यूएईविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।
टस हारेर पहिले ब्याटिङ गरिरहेको यूएईले तेस्रो विकेट गुमाएको हो । नेपालका लागि सन्दीप लामिछानेले यूएईको तेस्रो विकेट लिएका हुन् । सन्दीपले २२.५ ओभरमा यूएईका रामेज साहजादलाई १० रनमा आउट गरेका हुन् ।
यसअघि सन्दीपले १४.६ ओभरमा यूएईका आर्यानश शर्मालाई पभिलियन फर्काएका थिए । ४३ बलको सामना गरेका शर्मा दुई चौका प्रहार गर्दै २८ रनमा आउट भएका हुन् । नेपालका लागि करण केसीले पहिलो ओभरको दोस्रो बलमै आसिफ खानलाई शून्य रनमै पभिलियन फर्काएका थिए ।
हरारेको टाकासिंगा स्पोर्ट्स क्लबको मैदानमा नेपालले टस जितेर सुरुमा यूएईविरुद्ध बलिङ रोजेको हो । नेपालले बलिङ रोजेपछि यूएईले सुरुमा ब्याटिङको निम्तो पाएको हो । नेपाल र यूएईबीचको विजेताले सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि गत शुक्रबार भएको पहिलो प्लेअफमा अमेरिकालाई आयरल्यान्डले पराजित गरेको थियो ।