२०८२ माघ ४ गते आइतवार

श्रीलङ्काले नेदरल्यान्ड्सलाई दियो २ सय १४ रनको लक्ष्य

काठमाण्डौ,असार १५ । आईसीसी एकदिवसीय विश्वकप छनोटको ुसुपर सिक्सु खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई २ सय १४ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको क्विन्स स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का ४७ ओभर ४ बलमा २ सय १३ रनमा अलआउट भयो । श्रीलङ्काका धनञ्जय डी सिल्भाले सर्वाधिक ९३ रन र दिमुथ करुनारत्नेले ३३ रन बनाए ।

१३१ रन बनाउँदा ७ विकेट गुमाएको अवस्थामा श्रीलङ्काका धनञ्जय र महेश थिक्सेनाले आठौँ विकेटका लागि ७७ रनको साझेदारी गर्दै टोलीलाई सम्हालेका थिए ।

बलिङतर्फ नेदरल्यान्ड्सका लोगन भान वीक र बास डी लिडेले ३/३ विकेट लिए । श्रीलङ्काले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *