२०८३ बैशाख १२ गते शनिवार

वर्षाका कारण नेपाल र यूएईबीचको खेल फेरि रोकियो

काठमाडौँ ,बैशाख १८ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ ।

पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ । वर्षाका कारण आज खेल रोकिएको दोस्रो पटक हो ।

खेल रोकिँदा यूएईले २७।३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ । नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिएका छन् ।

गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।

प्रकाशित मिति : २०८० बैशाख १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *