२०८३ बैशाख १२ गते शनिवार

‘ए’ डिभिजन लिगमा आज चार खेल हुँदै


काठमाडौं,बैशाख १७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज चार खेलहरू हुँदैछन् । जसमा दुई खेल दशरथ रङ्गशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मच्छिन्द्र र सातदोबाटोबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

रङ्गशालामै हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीचको बाँकी खेल समेत हुनेछ । हिमालयन र आर्मीबीचको खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ ।

हिमालयन र आर्मीबीचको खेल शनिबार भारी वर्षा र चट्याङको कारण स्थगित भएको थियो ।

यस्तै एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र मनाङबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

यो खेल पनि शनिबार नै रङ्गशालामा हुने तय थियो । तर, भारी वर्षा र चट्याङको कारण खेल स्थगित भएको हो ।

एन्फा कम्प्लेक्समै सङ्कटा क्लब र जावलाखेल युथ क्लबबीचको बाँकी खेल हुनेछ । सङ्कटा र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २०८० बैशाख १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *