२०८३ बैशाख २ गते बुधवार

आईसीसी विश्व कप क्वालिफायर प्लेअफमा आज दुई वटा खेल हुँदै

काठमाडौँ,चैत १३ । आईसीसी विश्व कप क्वालिफायर प्लेअफमा आज दुई वटा खेल हुँदैछन् ।

आज यूएई र पपुवा न्युगिनी ९पीएनजी० तथा जर्सी र क्यानडाबीच खेल हुँदैछ । यी खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे विन्डोकमा सुरु हुनेछन् ।

विश्व कप लिग–२ मा नेपाल, स्कटल्यान्ड र ओमान शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका थिए भने नामिबिया चौथो, अमेरिका पाँचौँ, यूएई छैटौँ र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा पुगेका हुन् । प्लेअफमा यी चार टोलीसँगै च्यालेन्ज लिग ‘ए’ र ‘बी’का विजेता जर्सी र क्यानडा गरी कूल ६ टोली छन् ।

प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बाब्वेमा हुने विश्व कप छनोट खेल्न पाउनेछन् । हिजो भएको पहिलो खेलमा अमेरिकाले नामिबियालाई ८० रनले हराएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *