काठमाण्डौ ,चैत २ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालसँगको खेलमा यूएईका कप्तान मोहम्मद वसीमले अर्धशतक बनाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको यूएईका लागि वसीमले ४३ बलमा अर्धशतक बनाएका हुन् । उनी सन्दीप लामिछानेको बलमा ४८ बलमा ६३ रन बनाएर आउट भए ।
यो समाचार तयार पार्दासम्म यूएईले १६ ओभर २ बलमा २ विकेट गुमाएरु ९८ रन बनाएको छ ।
१९ रन बनाउँदा १ विकेट गुमाएको यूएईले दोस्रो विकेटका लागि कप्तान मोहम्मद वसीम र वृत्य अरविन्दले ७९ रनको साझेदारी गरे । अरविन्द अहिले २१ रन बनाउँदै क्रिजमा छन् ।
लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुनरजुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ ।
प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार