काठमाडौं,फागुन १९ । युएईमा जारी रहेको विश्वकप लिग-२ मा नेपालविरुद्ध आफ्नो दोस्रो खेलमा पिएनजीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। पछिल्ला ६ खेलमा नेपालले पहिलो पटक टस हारेको हो।
जारी युएई सिरिजमा आफ्नो पहिलो खेलमा नेपालले पिएनजीलाई हराएको थियो। तर दोस्रो खेलमा भने नेपाल युएईसँग पराजित भएको थियो। नेपाल र पीएजीबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा केहि समयपछि प्रतिस्पर्धा गर्ने छन।
जारी विश्वकप लिग-२ का खेलमा नेपाल अहिलेसम्म पिएनजीसँग हारेको छैन। त्यसैले शुक्रबार हुने खेलमा पनि नेपाल आफ्नो सोहि लयलाई कायम राख्न चाहन्छ।
२०१९ देखि जारी रहेको विश्वकप लिगस् २ को सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो।
नेपाल लिग अंक तालिकामा ३० खेलमा १३ मा जित र १५ हारसहित २८ अंकका साथ छैटौँ स्थानमा छ। पिएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ ।