२०८२ जेष्ठ ३० गते शुक्रवार

यूएईविरुद्ध सन्दीपले दिलाए दोस्रो सफलता

काठमाडौँ,फागुन १८ । दुबईमा जारी आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तरगत नेपालले दोस्रो विकेट लिएको छ।

सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन्। यसअघि पहिलो विकेट करण केसीले लिएका थिए।

पहिलो ओभरमै शून्य रनमा विकेट गुमाएपछि सम्हालिएको यूएईको जोडि सन्ददीपले तोडेका हुन्। लामिछानेले भ्रित्य अराविन्दलाई कुसल भुर्तेलको हातबाट क्याचआउट गराएका हुन्।

आफ्नो दोस्रो ओभरको चौथो बलमा सन्दीपले ४३ रनको पार्टनरसिप तोडे। १४ ओभरको खेल सकिँदा यूएईले २ विकेटको क्षतिमा ५३ रन जोडेको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *