काठमाण्डौ ,फागुन १५ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पीएनजीले नेपाललाई २ सय ४ रनको लक्ष्य दिएको छ ।
दुबईमा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो ।
उसका आसाद भाला र चाद सोपरले समान ३६ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झाले ३ र कुशल मल्लले २ विकेट लिए ।
यस्तै सोमपाल कामी, करण केसी र प्रतिस जिसीले १र१ विकेट लिए ।
प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार