२०८१ बैशाख १४ गते शुक्रवार

युनाईटेड युथ क्लब द्वारा दिमिस्त क्लब ३ – २ले पराजित 

तुलसीपुर, फागुन २६ । बाह्रवन दोस्रो आमन्त्रित गौरीगंगा कपमा युनाईटेड युथ क्लब तुलसीपुर बिजयी भएको छ । गौरीगंगा ८, बडैपुरको खेल मैदानमा भएको खेलमा दिमिस्त क्लब कैलालीलाई पेनाल्टीमा २ विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै युनाईटेड क्लब तुलसिपुरले आफ्नो पहिलो खेलबाट विजयीको सुरुवात गरेको हो ।

उल्लेख्य दर्शकका बिच भएको सानदार खेलको पहिलो हाफ् बराबरीमा सकिए पनि दोश्रो हाफ्मा दुबै टिम समान १ – १ गोल गर्दै निर्धारित ९० मिनेटको खेल बराबरी गरेका थिए ।

युनाईटेड क्लब तुल्सिपुर ले अबको खेल फल्गुण २८ गते साहारा क्लब, धनगढी सङ खेल्ने छ ।

प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ भने प्रथम आउने टोलीले तीन लाख र द्वतीय आउने टोलिले एक लाख पचास हजार पाउने छ । खेलको आयोजना गौरीगगा क्लब कैलाली ले गरेको हो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *