२०७७ कार्तिक ४ गते मङ्गलवार

एस एस एफ ए क्लब कैलाली प्रस्थान

तुलसीपुर, फागुन २६ । बाह्रवन दोस्रो आमन्त्रित गौरीगंगा कप खेल्न स्पोर्ट स्कुल फूटबल एकाडेमी तुलसीपुरको खेलाडी सहितको टोलि आइतबार कैलाली प्रस्थान गरेको छ ।

एस एस एफ ए क्लवको १८ सदस्यीय टोलीको नेतृत्व नवीन केसीले गरेका छन् भने क्लवले आफ्नो पहिलो खेल सोमबार दिउँसो २ बजे खेल खेल्दैछ । एस एस एफ ए क्लवले सुर्खेत जिल्ला फूटबल संघ गौरीगगा ८ संग बढैपुरको खेल मैदानमा प्रतिस्पर्धा गर्ने क्लवका सदस्य कृष्ण खड्काले जानकारी दिएका छन् ।

प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ भने प्रथम आउने टोलीले तीन लाख र द्वतीय आउने टोलिले एक लाख पचास हजार पाउने छ ।

साथै क्लबका अध्यक्ष पबन योगीले खेलमा सहयोग गर्न सबै सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन ।

प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *