२०८१ फाल्गुन ७ गते बुधवार

दाङ जिल्ला प्रदेश नं ५ स्तरिय बक्सिङको च्याम्पियन

लक्ष्मण बस्नेत,
फागुन २२ । दाङ जिल्ला प्रदेश नं ५ स्तरिय बक्सिङ छनोट प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ ।
सुदुरपश्चिमको महेन्द्रनगर कञ्चनपुरमा फागुन १९ देखी २२ गते सम्म संचालित प्रतियोगितामा शानदार र शसक्त प्रर्दशन गरेको दाङ ७ स्वर्ण, ४ रजत पदक हात पार्दै प्रदेश नं ५ को च्याम्पियन बन्न सफल भएको हो ।

प्रदेश नं ५ का १२ जिल्ला मध्य ६ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा हावी बनेको दाङका तर्फबाट पुरुष ४९ केजीमा सुरज वली, ७५ केजीमा गणेश वि.क.,र ८१ के.जी तौल समुहमा केशर खत्रीले प्रथम स्थान हात पार्दै प्रदेश नं ५ को छनोटमा पर्न सफल भए ।

त्यस्तै महिला ५१ केजीमा विमला थापा, ५४ के.जीमा सुश्मा पुनमगर, ५७ केजीमा लक्ष्मी घर्ति र ६४ केजीमा माया चौधरीले प्रथम स्थान हात पार्दै प्रदेश नं ५ स्तरिय महिला बक्सिङको छनोटमा पर्न सफल भए । त्यसैगरी पुरुष ५६ केजीमा दाङका चन्द्रज्योती थापा र ६९ केजी तौल समुहमा विकास रानाले द्धितिय भए । त्यस्तै महिला वक्सिङको ४८ केजीमा दाङकी जानकी थापा द्धितिय स्थान हात पार्न सफल भएको बक्सिङ सहायक प्रशिक्षक राजु थपाले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *