२०८१ बैशाख १९ गते बुधवार

कपुरकोटमा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुने

सल्यान, २१ फागुन । सल्यानको कपुरकोटमा पहिलो पटक गाउँपालिका स्तरिय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जसको तयारी तिव्ररुपमा भइरहेको छ ।

प्रतियोगिता सञ्चालनक समितिका संयोजक द्रोण केसीले फागुन २५ गतेदेखि २७ गतेसम्म हुने प्रतियोगितामा १५ वटा खेलहरु हुने जानकारी दिए । खेलाडीहरुका बीचमा ८२ वटा स्वर्ण पदक, ७४ वटा रजत पदक र ७४ वटा कास्य पदकका लागि प्रतिपर्धा हुने केसीले बताए ।

प्रतियोगिता कपुरकोटस्थित रिमको खाली बजारमा रहेको खेल मैदानमा गर्ने गरी तयारी गरिएको छ । प्रतियोगीतामा कपुरकोट गाउँपालिका भर रहेका पाँच वटा माध्यामिक विद्यालयले भाग लिने छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *