२०७७ मङ्सिर १४ गते आइतवार

रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोना फाइनलमा

फागुन १६ । रियल मड्रिडलाई हराउदै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई ३–० गोलअन्तरले पराजित गरेसँगै बार्सिलोना फाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गरे भने एक गोल उपाहार स्वरुप पाएको थियो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । ५० औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

६९ औं मिनेटमा राफयल भरानेले आत्मघाती गोल गरेपछि बार्सिलोनाले दोब्बर अग्रता बनाएको थियो । ७३ औं मिनेटमा स्वारेजले पेनाल्टीबाट अर्को गोल गर्दै बार्सिलोनालाई ३–० गोलको जित दिलाएका हुन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *