फागुन १२ । बार्सिलोनाका स्ट्राइकर योनल मेस्सीले आफ्नो करिअरमा ६५० औं गोल तथा ५० औं ह्याट्रिक पूरा गरेका छन। स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ४-२ गोलअन्तरले पराजित गरेको छ ।
सेभियाले दुई पटकसम्म लिएको अग्रता जोगाउन नसक्दा पराजय ब्यहोर्नुपरेको हो
जेसस नाभाले २२ औं मिनेटमा गरेको गोलले घरेलु समर्थक उत्साहित भएका थिए । तर, त्यसको चार मिनेटपछि नै मेस्सीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ४२औं मिनेटमा पाब्लो साराबियाको पासमा गाब्रियल मार्काडोले सेभियालाई पुनः अग्रता दिलाए । सेभियाले पहिलो हाफ २-१ को अग्रतामा टुंग्यायो ।
दोस्रो हाफमा बार्सिलोनाका लागि मेस्सीले ६७औं मिनेटमा डेम्बेलेको पासमा गोल गरे । ८५औं मिनेटमा गोल गरी बार्सिलोनालाई अग्रता दिलाए भने ह्याट्रिक पूरा गरे । इन्ज्यूरी समयको अन्तिम मिनेटमा लुइस स्वारेजले बार्सिलोनालाई ४-२ गोलको जित निश्चित गरे ।
मेस्सीको यो ५०औं ह्याट्रिक हो । सेभियाविरुद्ध खेलेका पछिल्ला ३५ खेलमा मेस्सीले ३६ गोल गरेका छन् ।
यो जित संगै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा १० अंकको स्पष्ट अग्रता कायम गरेको छ । २५ खेलबाट बार्सिलोनाको ५७ अंक भएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको ४७ अंक छ । २४ खेलबाटै रियल मड्रिडको ४५ अंक छ ।