२०८१ असार ३० गते शनिवार

नेपाल र केन्याबीच आज तेस्रो टी–२० खेल

काठमाण्डौ,भदौ १२ । नेपाल र केन्याबीच आज तेस्रो टी–२० खेल हुँदैछ । खेल नैरोबीको जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले समान एकरएक खेल जितेका छन् ।

बिहीवार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने शुक्रवार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

नेपाल र केन्याबीचको चौथो टी–२० खेल भोलि र पाँचौँ तथा अन्तिम खेल पर्सि भदौ १४ गते हुनेछ । पाँच खेलको टी–२० शृङ्खलापछि नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एक दिवसीय शृङ्खला खेल्नेछ ।

पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *