दाङ, साउन २४ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।
गृहजिल्ला पुगेका मन्त्री गहतराजले मगंलवार निर्माणाधिन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गरेका हुन ।
अवलोकनका क्रममा बन्त्री गहतराजले रंगशालाको बाँकी काम छिट्टै पुरा गर्न आवश्यक बजेट बिनियोजन गरिने आश्वासन बाँडेका थिए ।
लमही क्रिकेट रंगशालालाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रुपमा विकास गर्न सकिने भन्दै उनले पूर्वाधारका बाँकी कामहरुको बारेमा समेत जानकारी लिएका थिए ।
आफुले उक्त मैदानलाई उच्च प्राथमिकतामा राखेर हेरिरहेकाले मन्त्रालयले आवश्यक बजेट बिनियोजन गर्नेमा ढुक्क हुन उनले आग्रह गरेका थिए ।
आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत उक्त मैदानमा महिला क्रिकेट प्रतियोगिता संचालन गरीएको थियो । प्याराफिट लगाएतका संरचना निर्माणको काम अझै बाँकी रहेको छ ।