२०८१ माघ ३ गते बिहिवार

मज्गैमा जारी टी–२० क्रिकेटमा वडा न ५ को बिजयी सुरुवात

लक्ष्मण बस्नेत,
तुलसीपुर दाङ, फागुन ७ । दाङ तुलसीपुरको मज्गैमा जारी जिल्ला ब्यापी वडा स्तरिय टि–२० क्रिकेट प्रतियोगिता २०७५ मा तुलसिपुर उपमहानगरपालिका वडा न ५ ले बिजयी सुरुवात गरेको छ ।

मज्गै स्पोर्टस क्लव तुलसीपुर १७ को आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नं १७ को आर्थिक सहयोगमा संचालित प्रतियोगितामा बाङ्गलाचुली गाउँपालिका वडा न ४ लाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गर्दै तुलसिपुर उपमहानगरपालिका वडा न ५ ले बिजयी सुरुवात गरेको हो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ स्थानिय स्तरमा क्रिकेट खेलको विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको तुलसिपुर उपमहानगरपालिका वडा न ५ ले १८ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ६१ रन स्कोर निकाल्न सफल भयो।

जसमा तिलक बौडेलले सर्वाधिक ३६ रनको योगदान दिए भने आकाश सिं, प्रकाश भण्डारी र समीर शर्माले क्रमशः २७,२३ र १० रन जोड्न सफल भए । बलिङ तर्फ बङलाचुलिका सुदर्शन मगरले ३,बिमल घर्ती र हिमाल महराले २/२ विकेट लिए ।

१ सय ६२ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएको बङलाचुली १४ दशमलव ४ ओभरमा अलआउट हुँदै ४२ रन मात्र बनाउन सक्यो। बलिङमा तुलसिपुर ५ अनन्त नेगि ३,सन्दिप डागी र प्रकाश भण्डारीले समान २/२, सुदिप नेपाली र सागर सेर्पाईली समान १/१ बिकेट लिए । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो खेलमा बिहान घोराही १५ बि र घोराही १६ भिड्नेछन् ।

प्रतियोगिताका विजेताले नगद २० हजार तथा उपविजेताले नगद १० हजार हात पार्नेछन।

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *