२०८१ फाल्गुन ७ गते बुधवार

लखन कपमा गोल बर्षा, संगठिन र एसएसएफए विजयी

संगठित युबा क्लबका खेलाडीहरु ।

दाङ, ३ फागुन । दाङको घोराहीमा हिजोदेखि सुरु भएको लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताको दोस्रो दिन तुलसीपुरका दुई फुटबल क्लब बिजयी भएका छन् । घोराहीको भरतपुर खेल मैदानमा भएका दुबै प्रतिष्पर्धामा तुलसीपुरको संगठित युवा क्लब र एसएसएफएले बिजयी भएका हुन् ।

प्रतियोगिताको पहिलो खेलमा पद्मोदय माबि घोराहीलाई ३—१ गोल अन्तरले एसएसएफए बिजयी भएको हो । खेलको पहिलो हाफको २४ औँ मिनेटमा एसएसएफएका मनिष भण्डारीले गोल गर्दै अग्रता गराए पनि ३६ औँ मिनेटमा पद्मोदयका रुपेश बाठा मगरले गोल गर्दै बराबरीमा ल्याएका थिए । खेलको दोस्रो हाफको ३७ औँ मिनेटमा एसएसएफएका निशान डाँगीले थप एक गोल गर्दै अग्रता गराएका थिए ।

निकै उत्कृष्ट खेलको अन्तिम समयमा एसएसएफएका प्रकाश न्यौपानेले थप एक गोल गर्दै जित सुनिश्चित गरेका थिए । यस्तै आजै भएको दोस्रो खेलमा तुलसीपुरको संगठित युबा क्लबबीच भएको खेलमा बिजयी भएको छ । घोराहीको मेघा युबा क्लब पहेलोलाई ०—११ गोल अन्तरले संगठित युवा क्लब बिजयी भएको हो ।

संगठित युवा क्लबका तर्फबाट बिनोद केसी एक्लैले ८ गोल गरेका थिए । यस्तै प्रदिप थापा र घनश्याम डाँगीले १÷१ गोल गरेका थिए भने एक आत्मघाती गोल भएको थियो ।। यस्तै भोली पनि दुई खेल हुने छन् । बिहान ८ बजेका लागि तय गरिएका खेलहरु भोलीदेखि मध्यान्ह १२ बजेबाट सुरु गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *