२०७८ बैशाख ४ गते शनिवार

डिभाईनमा तेक्वान्दो प्रतियोगिता सम्पन्न,आशिष बने उत्कृष्ट खेलाडि

लक्ष्मण बस्नेत,
तुलसीपुर, २६ माघ । डिभाईन टेम्पल एकाडेमी तुलसीपुर ६ गोलौरामा जारी साता ब्यापी खेलकुद सप्ताह (स्पोर्ट्स मिट) २०७५ अन्तर्गत शनिवार विद्यालय स्तरिय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालय स्थापनाकाल देखि स्पोर्ट्सलाई प्राथमिकता दिएको डिभाईनले साता ब्यापी आफ्नो खेलकुद कार्यक्रम अन्तर्गत तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको हो । ४ वटा तौल समुहमा भएको प्रतियोगिता अन्तरगत २८ केजि मुनिमा प्रतीक लामिछाने प्रथम,एनान बिक दोस्रो,निलेश लामिछाने र बिशाल बिक तृतीय स्थान हासिल गर्न सफल भएका छ्न् ।

त्यस्तै ३० केजि तौल समुहमा वसन्त परियार प्रथम,अनिल बिक दोस्रो,नवीन सुनार र जीवन बिक तृतीय भए ।

त्यसैगरी ३४ केजि तौल समुहमा आशिष चौधरी प्रथम,साकार महतरा दोस्रो,कस्मिर नेपाली र कृश नेपालीले तृतीय स्थान हात पारे ।

यस्तै ४० केजि तौल समुहमा राजिव वलि प्रथम,रोसण रसाइली दोस्रो,पवन बस्नेत र जीवन परियार तृतीय भए । प्रतियोगितामा उत्कृष्ट खेलाडी आशिष चौधरी घोषित भए । खेलको जुरि कमिटीमा मुख्य रेफ्रीमा सुवासचन्द्र केसि, रेफ्रीमा रेशम चौधरी,सुरज केसि र मनिशा बिक रहनु भएको प्रतियोगिता सयोजक खेल प्रशिक्षक राकेश परियारले जानकारी दिए ।

क्रीकेट,तेक्वान्दो,फुटसल, भलिबल,एथलेटिक्स लगाएतका विभिन्न खेल बिधामा प्रतियोगिता संचालन गरिरहेको विद्यालयले आइतबार क्रीकेट,एथलेटिक्स र फुटसल बिधामा प्रतिस्पर्धा हुने खेल शिक्षक सुदिप नेपालीले जानकारी दिएका छ्न् ।

यसैबिच प्रतियोगिताको उद्घाटन समारोह विद्यालयका प्रीन्सिपल भोज राज न्यौपानेको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघ प्रदेश न ५ का अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्य एवं खेलकुद पत्रकार मन्च दाङका अध्यक्ष लक्ष्मण बस्नेत,तुलसीपुर नगर जेसिजका अध्यक्ष मेघ राज घिमिरेको बिशिस्ट आतिथ्यमा भएको थियो ।

विद्यालयका खेल शिक्षक आकाश सिंहको स्वागत रहेको कार्यक्रमको संचालन राकेश परियारले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *