२०८१ माघ ३० गते बुधवार

एस एस एफ ए खसी कप फुटबल सुरु

लक्ष्मण बस्नेत,
२ माघ तुलसीपुर । दाङ जिल्ला स्तरीय अन्तर विद्यालय शिक्षक फुटबल प्रतियोगितामा ग्यालेक्सी बोर्डिङ स्कुल तुलसिपुर र मिड वयस्ट प्वाइन्ट एकाडेमि सान्तिनगरले बिजयी सुरुवात गरेका छ्न ।

स्पोर्टस स्कुल फुटबल एकाडेमी(एस एस एफ ए) तुलसीपुर ५ अरनिको मैदानको आयोजनामा आज बुधबार देखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आदर्श एकाडेमी तुलसिपुरलाई सुन्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै ग्यालेक्सी बोर्डिङ स्कुल तुलसिपुर गौरिगाउँले बिजयी सुरुवात गरेको हो । उल्लेख्य दर्शकका बिच भएको सानदार खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोश्रो हाफको १७ औ मिनेटमा ग्यालेक्सीका जर्सी न. ११ का खेलाडी लेख राज पुनले पहिलो गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए भने जर्सी न. ७ का दिपक खड्काले खेलको ५८ औ मिनेटमा थप १ गोल गर्दै २-० को जित निकाल्न सफल भए ।

त्यस्तै बुधवार नै सम्पन्न खेलमा गोरखा मा बि तुलसीपुर लाई १ का विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै मिड वयस्ट ले बिजयी सुरुवात गरेको हो । कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलमा मिड वयस्टका नवीन बस्नेतले सर्वाधिक ३ गोल गर्दै ह्याटि्रक गर्न सफल भए । खेलमा टिम क्याप्टेन दिपेन्द्र शाहले पहिलो गोल गरे भने पहिलो हाफ्को समाप्तिमा सुदिप डागिले थप १ गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाएका थिए । गोरखा मा बि का तर्फ बाट मोहन सुनारले गोल गरेका थिए ।यसैबीच बिहीवार दिउँसो ३ बजे पछि दिप शिखा मा बि घोराही र ज्ञान ज्योती फाउन्डेसन बिच पहिलो सेमिफाईनल खेल हुनेछ । प्रतियोगिता अवधिभर रेफ्रीको भुमिकामा अखिल नेपाल फुटबल सघका दाङ जिल्ला प्रशिक्षक मन्जित पुन, मोहन गौतम,असिस्टेन्ट रेफ्रीमा आदेश केसि शरद भण्डारी र सुरेश बुढामगर रहेका छ्न ।

विद्यालय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने उदेश्यका साथ प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर ७ को खेल मैदानमा संचालित प्रतियोगितामा जिल्लाका ६ विद्यालयहरुको सहभागिता रहेको छ ।

माघ ५ गते सम्म चल्ने प्रतियोगिताको उपाधी चुम्ने टिमले खसी ट्रफी तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिताका सयोजक मोहन गौतमले जानकारी दिए । यसैबीच प्रतियोगिताको उद्घाटन स्पोर्ट्स स्कुल फुटबल एकाडेमीका अध्यक्ष पवन कुमार योगिको अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष रेशम बहादुर बुढाको प्रमुख आतिथ्य एवं दाङ जिल्ला फुटबल सघका अध्यक्ष सुशील श्रेष्ठको बिशिस्ट आतिथ्यमा भएको थियो । एकाडेमिका सदस्य ईश्वरी पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन एकाडेमिका प्रेस सल्लाहकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *