२०८१ असोज ४ गते शुक्रवार

मेयर कपको पहिलो खेल सात र सोह्रबीच हुने

घोराही, ३० पुस । दोस्रो घोराही मेयर कप रनिङ फुटबल प्रतियोगीता २०७५ मा पहिलो उद्घाटन खेल माघ ४ गते हुने भएको छ । बिहान ११ बजेदेखि घोराही उपमहानगरपालिकाको कार्यालयबाट सुरु हुने प्रभातफेरि कार्यक्रमसहित खेल उद्घाटन हुने भएको छ ।

उद्घाटन खेल माघ ४ गते दिउसो २ बजे भरतपुर खेलमैदानमा हुने भएको छ । पहिलो खेल वडा नम्बर १६ र ७ बीच उद्घाटन हुने भएको छ । घोराही उपमहानगरका सबै वडाको सहभागीता रहने प्रतियोगीतामा पहिलो हुने वडा फुटबल टीमले एक लाख नगद, रनिङ कप, प्रमाणपत्र र मेडलको ब्यबस्था गरिएको छ ।

यस्तै दोस्रो हुने वडा फुटबल टीमले ५० हजार नगद, आकर्षक कप, प्रमाण पत्र र मेडल प्राप्त गर्ने घोराही उपमहानगरपालिकाले जनाएको छ । घोराही उपमहानगरले दोस्रो पटक गर्न लागेको प्रतियोगीतामा अनुशासित हुने वडा फुटबल टीमले कप र प्रमाणपत्र प्राप्त गर्ने छ साथै विभिन्न बिधामा आकर्षक नगद तथा सम्मान पत्र खेलाडीहरुले प्राप्त गर्ने छन् ।

माघ १४ गतेसम्म हुने प्रतियोगीता चरणमा नकआउट चरणमा प्रतिष्पर्धा गराउने आयोजकले जनाएको छ । कुल १८ वटा प्रतिष्पर्धा मार्फत् बिजेता र उपबिजेता हुने छन् ।

यसैबीच प्रतियोगीता सफल बनाउनका लागि बनेको खेल समितिका संयोजक तथा वडाध्यक्ष भरत अर्यालको संयोकत्वमा खेल तालिका प्रकाशित गरिएको छ । प्रतियोगीता अवलोकन गर्न उपमहानगरले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७५ पुष ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *