२०८३ बैशाख १३ गते आइतवार

कचिलाले जित्यो वडाध्यक्ष कप फुटबलको उपाधि


तुलसीपुर, मंसिर २९ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरिपौरामा संचालित तेस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि कचिला युवा क्लबले जितेको छ ।

डबरा टोल बिकास संस्था तुलसीपुर १२ हरिपौराको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा पशुपति माबि हरिपौरा खेल मैदानमा बुधबारको फाइनल खेलमा कचिली युवा क्लब ‘बी’लाई २ का विरुद्ध ३ गोलको अन्तरले पराजित गर्दै कचिलाले उपाधि जितेको हो । उपाधि संगै उस्ले नगद ५० हजार, कप,मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

उपबिजेता कचिलीले ३५ हजार र तृतिय भएको टरिगाउँ युवा क्लबले नगद २५ हजार, कप, मेडल प्रमाणपत्र हात पारे ।
प्रतियोगिता अन्तरगत ब्यक्तिगत बिधा तर्फको उत्कृष्ट खेलाडी कचिला युवा क्लबका मनराज मगर र उत्कृष्ट गोल रक्षक नारायण मगर घोषित भए । उनीहरुले जनही २ हजार ५ पाँच सय रुपैंया तथा ट्रफी प्राप्त गरे । प्रतियोगितामा वडाका १० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन समारोह आयोजक टोल बिकाश संस्थाका सचिव खगेन्द्र अधिकारीको अध्यक्षता तथा तुलसिपुर १२ का वडाध्यक्ष सुर्यबहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *